back
stc
prabhu insurance

छिमेक लघुवित्त वित्तीय संस्थाको करिब साढे २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको करिब साढे २ लाख कित्ता शेयर आज असार ३ गतेबाट बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको २ लाख ४४ हजार ४८० कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थाका संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको शेयरमा असार १० गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। आवेदन काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्न सकिनेछ।