डिम्याट खाताको नवीकरण शुल्क बुझाउन एनएमबि क्यापिटको आग्रह

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता बापतको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
एनएमबि क्यापिटल र एनएमबि बैंक तथा एनएमबि सेक्युरिटिजमा हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई असार मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
हितग्राही खातावालाले वार्षिक १०० रुपियाँका दरले नवीकरण शुल्क बुझाउनु पर्नेछ । साथै, मेरो शेयरको सेवा लिइरहेका हितग्राही व्यक्तिले पनि सेवा सञ्चालनमा आएको एक वर्षभित्रै नवीकरण गर्नुपर्ने र सो समयभित्र नवीकरण नभएका उक्त सेवा स्वतः बन्द हुने पनि क्यापिटलले जनाएको छ ।
खातावालाहरूले यही असार मसान्तभित्र नवीकरण शुल्क बुझाउन सक्ने कम्पनीले जनाएको छ । साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट समेत शुल्क बुझाउन सक्नेछन् ।
वि.सं.२०८२ असार ५ ०८:०७