back
stc
prabhu insurance

गरिमा विकास बैंकको १ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९८ हजार २८.८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई बिक्री खुला गरिएकोमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको हो।

सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।