back
prabhu insurance
himalayanlife

प्रभु बैंकको २१ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकको २१ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २१ लाख ५ हजार ६७५ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा बैंकका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्।

यसअघि ३५ दिने सूचना निकालेर बैंकले विद्यमान संस्थापक शेयरधनीलाई शेयर बिक्री खुला गरेकोमा खरिद निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बैंकले शेयर बिक्री खुला गरेको हो।

यो शेयरमा १५ दिनभित्र खरिद निवेदन पेस गर्नु पर्नेछ। इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।