बजारमा बिहीबार सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
तोलामा ४० रुपैयाँले घटेर चाँदी २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
वि.सं.२०८२ साउन १५ १०:५१




















