back
prabhu insurance
himalayanlife

स्वाभिमान लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत वैशाखमा सम्पन्न साधारण सभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ।

गत वैशाख १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बोनस शेयर सँगै कम्पनीले कर तिर्नका लागि ०.२६३२ प्रतिशत नगद लाभांश समेत घोषणा गरेको थियो।

लाभांश वितरणका लागि वैशाख ११ गते कम्पनीले बुक क्लोज गरेको हुनाले वैशाख १० गतेसम्म नेप्सेमा कायम शेयरधनीको डिम्याट खातामा साउन १६ गते बोनस शेयर पठाइएको कम्पनीले जानकारी दिएको छ।

उक्त ५ प्रतिशत बोनस शेयर बापतको ७३ हजार ६९.२९ कित्ता शेयर नेप्सेमा सूचीकृत समेत भएर कारोबारमा आइसकेको छ।