नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १.३१ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
हाल कायम संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिइएकाले यो शेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले के कति रकममा शेयर खरिद गर्ने हो सोसमेत खुलाई ३५ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाटमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
वि.सं.२०८२ भदौ १ ०८:३३




















