back
stc
prabhu insurance

नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ६ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ २ गते) अन्तिम दिन हो ।

कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँबराबरको ३४.७८३ प्रतिशतले हुन आउने रकम बराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १०ः ३.४७८३ (अर्थात् १० कित्ता बराबर नयाँ ३.४७८३ कित्ता) अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको छ ।

हकप्रद प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २९ गतेसम्म कायम रहेका शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।