back
stc
prabhu insurance

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी राम प्रसाद आचार्यको स्वामित्वमा रहेको ११ हजार ८५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थापक शेयर बेच्दा सोही कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनु पर्ने भएकाले हाल उक्त शेयरमा प्रभु महालक्ष्मी लाइफकै विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

सो शेयर किन्न इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ। यस अवधिभित्र निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।