back
prabhu insurance
himalayanlife

बरुण हाइड्रोपावरको २ लाख ३८ हजार बढी कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको २ लाख ३८ हजार बढी कित्ता शेयर लिलामीमा आउने भएको छ।

कम्पनीको बिक्री हुन बाँकी रहेको २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद शेयर लिलामीमा राखिने भएको हो।

कम्पनीले हालै आफ्ना शेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गरेको छ।

जसमा रितपूर्वक आवेदन दिने २८ हजार ७५५ जनालाई ५१ लाख १९ हजार ७०७ कित्ता शेयर कम्पनीले बाँडफाँट गरेको छ। अब बिक्री हुन बाँकी रहेको शेयर कम्पनीले लिलामीमा राख्नेछ।