back
stc
prabhu insurance

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

यसका लागि शेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ भने इच्छुकले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिन सकिने बैंकले जनाएको छ।

शेयरको बिक्रीमूल्य भने शेयर बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ। साथै तोकिएको अवधिभित्र बैंकका संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बताएको छ।