back
prabhu insurance
himalayanlife

नेशनल लाइफ इन्स्योरेन्सको १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको निर्देशन अनुसार हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

सो शेयर किन्न इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको लाजिम्पाटस्थित इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

शेयरको बिक्रीमूल्य प्रचलित नियमानुसार हुने मूल्यभन्दा कम नहुने कम्पनीले स्पष्ट पारेको छ। साथै उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ।