back
prabhu insurance
himalayanlife

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई गाडी खरिदमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकलाई हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरनेसनल प्रा.लि.का शाखाबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले सो कम्पनीबाट हुण्डाइ ब्राण्डका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप ५० हजारदेखि ८१ हजार रुपियाँसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरनेसनलका तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गर्नुभएको जानकारी बैंकका प्रमुख सूचना अधिकारी होम बहादुर खड्काले दिनुभयो ।