back
stc
prabhu insurance

सिटिजन्स क्यापिटलद्वारा २८ करोड रुपैयाँभन्दा बढीको लाभांश वितरण शुरू

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८/र८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलको आम्दानी समेत गरी कुल २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको लाभांश वितरण शुरू गरेको छ।

कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ का इकाइधनीहरूलाई करसहित ८.२५% नगद लाभांश अर्थात् ४ करोड ६२ लाख रुपैयाँ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाइधनीहरूलाई कर सहित १२.७५% नगद लाभांश अर्थात् ९ करोड ५७ लाख १७ हजार २९७ रुपैयाँ भदौ २० गतेदेखि वितरण गर्न थालिएको छ।

यसअघि परिपक्व भइसकेको सिटिजन्स म्युचुअल फण्ड–१ ले पनि खुद सम्पत्ती मूल्य ११.३० का दरले हुन आउने कर सहित ९२ करोड ६६ लाख ३ हजार ७२३ रुपैयाँ जसमा अन्तिम वर्षको १३% लाभांश अर्थात् १० करोड ६६ लाख ३ हजार ७२३ रुपैयाँ समेत गरी जेठ २७ गतेदेखि वितरण गर्दै आएको कम्पनीले जनाएको छ।

त्यसका साथै सिटिजन्स क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ३ करोड २० लाख रुपैयाँ बराबरको लाभांश पनि भदौ २० गतेदेखि वितरण गर्न शुरू गरेको छ।

कम्पनीले विगतका वर्षका बाँकी लाभांश अझै नबुझेका इकाइधनीहरूलाई आफ्नो बैंक खाता अद्यावधिक गरी सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट विभिन्न लगानी सेवा सञ्चालन गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी हो। कम्पनीमा कर्मचारी सञ्चय कोष र प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं, डिल्लीबजार–बाटुलेघरमा अवस्थित छ। हाल कम्पनीमा राजेन्द्र लाल श्रेष्ठ अध्यक्ष र सबिर बादे श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत रहेका छन्।