back
stc
prabhu insurance

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम दिन रहेको छ।

बैंकले कात्तिक १२ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा गर्न लागेको ३१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २४ गते बुक क्लोज गर्दैछ।

उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्ष (आर्थिक वर्ष) को वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।