back
prabhu insurance
himalayanlife

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ११ देखि २५ गतेसम्म बुक क्लोज गर्दैछ।

भोलि कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएकाले नेप्से खुल्दैन तसर्थ आजसम्म कायम शेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आफ्ना शेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कात्तिक २५ गते नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो साढे ४ बजेदेखि ३२औं साधारणसभा बस्दैछ।