back
prabhu insurance
himalayanlife

श्रीनगर एग्रीटेक इन्डस्ट्रीजको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज (कात्तिक १२ गते) हुँदैछ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड का अनुसार, बाँडफाँड कार्य बिहान १०ः३० बजे सुरु हुनेछ।

कम्पनीको आईपीओमा अत्यधिक चासो देखिएको छ। आवेदन दिने अन्तिम मिति असोज २९ गतेसम्म कुल १९ लाख ४२ हजार ६८२ जना आवेदकले जम्मा २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए।

यो संख्या कम्पनीले सर्वसाधारणका लागि खुला गरेको सेयरभन्दा ६.६४ गुणा बढी हो। त्यसैले बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ।

श्रीनगर एग्रीटेकले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरी बाँडफाँड गरिसकेको छ।