back
prabhu insurance
himalayanlife

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ। यस बैंकले १९औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि कात्तिक १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

यस बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारितका लागि यही कात्तिक १७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि साधारणसभा बस्दैछ।

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, बैंकको छाप र लोगो फेर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्ररनियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव बैंकको साधारणसभाले पारित गर्नेछ।