back
prabhu insurance
himalayanlife

आइएमई लाइफले तीन महिनामै कमायो १५ करोड ८३ लाख रुपैयाँ नाफा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनाको अवधिमै १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

गत आवको शुरूको तीन महिनामा कम्पनीले कमाएको खुद नाफा १४ करोड ५० लाख रुपैयाँको तुलनामा यस वर्ष कम्पनीले ९।१७ प्रतिशत खुद नाफा बढाउन सफल भएको हो।

समीक्षा अवधिमा नाफासँगै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १ अर्ब १६ करोड ४२ लाख रुपैयाँबाट ३१.९६ प्रतिशतको वृद्धि सहित १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको देखिएको छ।

त्यसैगरी सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ५८ करोड १ लाख रुपैयाँबाट २५.३३ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि १ अर्ब ४३ करोड ५१ लाख रुपैयाँबाट २६.९६ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ।