back
prabhu insurance
himalayanlife

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

काठमाडौँ । रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरू मध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे ।

सम्मान ग्रहणपछि प्रमुख कार्यकारी अधिकारी पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताए।

साथै विभिन्न देशमा १०० भन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आइएमईले रेमिटेन्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरे ।

कर दिवस समारोहलाई सम्बोधन गर्दै आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले करदाताको सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।