back
prabhu insurance
himalayanlife

नेपाल फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले यसअघि यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको समयावधिभित्र आवेदन नपरेपछि अब भने सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बक्रीमा राखेको छ। शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहति आगामी १५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।