back
prabhu insurance
himalayanlife

निफ्राको आज मंसिर २३ गते सातौं वार्षिक साधारणसभा

काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड .निफ्रा) को सातौं वार्षिक साधारणसभा आज मंसिर २३ गते बस्दैछ। साधारणसभाले बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिले निर्णय गरेको चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षककको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ बैंकले मंसिर १२ गते एक दिन बुक क्लोज गरिसकेको छ। तसर्थ बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारणसभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि बस्दैछ।