back
stc
prabhu insurance

आजसम्म घोराही सिमेन्टको शेयर किन्नेले लाभांश पाउने

काठमाडौं । आज मंसिर २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर किन्ने शेयरधनीले कम्पनीले वितरण गर्न लागेको लाभांश पाउनेछन्।

यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ भने यो प्रस्ताव पारित गर्न पुस १४ गते दाङको घोराहीस्थित होटल पौवामा बिहान ९ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म यस कम्पनीको शेयर किन्नेले मात्रै उक्त लाभांश प्राप्त गर्न सक्नेछन्।

साथै साधारणसभाले बोनस शेयर वितरण भएपछि कायम हुने पूँजीको आधारमा १ बराबर ०.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने, ऋण अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक सम्बद्ध रहेको संस्थासँग गरेको कारोबार अनुमोदन गर्ने, संस्थापक शेयरधनीबाट सापटी मागी सोको उपभोग गर्ने र संस्थापक शेयरधनी समूहबाट सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।