back
prabhu insurance
himalayanlife

कुमारी बैंकका कर्मचारी र ग्राहकलाई आरोग्य वेल केयर क्लिनिकमा १०० प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंकका ग्राहक तथा कर्मचारीहरूले आरोग्य वेल केयर क्लिनिक प्रा.लि.मा स्वास्थ्य सेवा लिँदा १०० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउन उक्त क्लिनिकसँग विशेष छुट दिनेसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अनुसार सो बैंकका ग्राहक तथा कर्मचारीहरूले आरोग्य वेल केयर क्लिनिक प्रा.लि.बाट प्रदान गरिँदै आएका सेवाहरू इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) मा १०० प्रतिशत, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–एबीपीएम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी रअल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत, डाक्टर परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशतसम्म छुट दिइनेछ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।