back
prabhu insurance
himalayanlife

नेपाल लाइफ इन्स्योरेन्सको २६ औँ वार्षिक साधारण सभा पुस १९ गते

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साधारण सभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २१.०५ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।

साधारण सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी सोही बमोजिम वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा उद्देश्यलगायत अन्य आवश्यक समयानुकूल संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल वा निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले संस्थापक शेयरधनी (समूह क) का तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभा भाग लिन योग्य हुनेछन्। साधारण सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।