back
stc
prabhu insurance

शिखर इन्स्योरेन्सको पुस २९ गते २१औं वार्षिक साधारणसभा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते २१औं वार्षिक साधारणसभा बोलाएको छ।

साधारण सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षणको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ।

साथै २ जना सञ्चालकको निर्वाचन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियामक निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गतेदेखि बुक क्लोज गर्ने कम्पनीले जानकारी दिएको छ। यसर्थ नेप्सेमा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

साधारण सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे बोलाएको छ।