back
stc
prabhu insurance

हिमालयन लघुवित्त वित्तीय संस्थाको चौधौं वार्षिक साधारण सभा पुस २८ गते

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले चौधौं वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०।३५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यस्तै सञ्चालक समितिमा १ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुक क्लोज गर्नेछ।

साधारण सभा पुस २८ गते सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजे बस्ने भएको छ।