back
prabhu insurance
himalayanlife

सालपा विकास बैंकको आईपीओ आज बाँडफाँट हुने

काठमाडौँ । आज पुष २५ गते सालपा विकास बैंकको आईपीओ बाँडफाँट हुने भएको छ ।कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो मागभन्दा १९.३७ गुणा बढी आवेदन हो।

कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो। कुल आवेदक मध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्रै १०/१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ।