back
stc
prabhu insurance

आज पनि सुन चाँदीको भाउमा उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २८ सय रुपैयाँले बढेको छ ।

यससँगै आज सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २१० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४९ सय ९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा पिकनबेच भएको थियो ।