back
prabhu insurance
himalayanlife

एशियन लाइफ इन्स्योरेन्सको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख ५५ हजार ३७१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।

निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालय पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ। शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले स्पष्ट पारेको छ।