back
prabhu insurance
himalayanlife

कर्मचारी सञ्चय कोषले ३६ जना कर्मचारी माग्यो

काठमाडौँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ। कोषले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आठौँ तह (प्रवन्धक) देखि चौथो तह (सहायक)सम्मका कर्मचारी माग गरेको हो।

प्रबन्धक एक जना, विभिन्न समूहमा उप प्रबन्धक सात जना, आठ जना सहायक प्रबन्धक, १७ जना प्रमुख सहायक र सहायक तीन जना गरी ३६ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो।

योग्यता पुगेका इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र अनलाइन मार्फत दरखास्त दिन सक्नेछन् ।