back
stc
prabhu insurance

आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

यस बर्ष ‘सतर्कता र प्रतिबद्धता मार्फत समाजको भन्सार संरक्षण’ नाराका साथ ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइदैछ ।

अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो ।

भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्नमा यो दिवसले महत्वपूर्ण टेवा पुर्याउने गर्दछ । पछिल्लो समय भन्सारमा मौलाउँदै गएको भष्ट्राचार निरुत्साहित गर्न सरकार उदासिन रहेको छ ।