back
prabhu insurance
himalayanlife

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ४८ हजार ८५३ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।