back
prabhu insurance
himalayanlife

कालिञ्चोक हाइड्रोपावरलाई आइपीओ ल्याउन धितोपत्र बोर्डबाट अनुमति

काठमाडौं । कालिञ्चोक हाइड्रोपावरलाई आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। धितोपत्र बोर्डले सोमबार कालिञ्चोक हाइड्रोपावरलाई १३ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो।

अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कालिञ्चोक हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।