back
stc
prabhu insurance

सानिमा बैंकले २ अर्बको अग्राधिकार शेयर जारी गर्ने धितोपत्र बोर्डबाट अनुमति पायो

काठमाडौं । सानिमा बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले २ अर्ब रुपैयाँ बराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब सानिमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार शेयर जारी गर्नेछ।

बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। सानिमा बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।