back
prabhu insurance
himalayanlife

हिमालयन बैंकको पौने १३ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकको पौने १३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १२ लाख ८२ हजार ५८८ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।