back
stc
prabhu insurance

अप्पर रिचेत हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । अप्पर रिचेत हाइड्रोपावरले आईपीओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ।

अप्पर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिङबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरबिबि मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले हस्ताक्षर गरे ।

कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड पुँजी बराबरका ८ लाख कित्ता साधारण सेयर निकट भविष्यमै सर्वसाधारणमा निष्काशन गर्नेछ।

कम्पनीले आगामी साउन–भदौमामा आईपीओमा जाने योजना रहेको बताएको छ। कम्पनीले २०८१ भदौदेखि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीको हाइड्रोपावर प्रोजेक्ट गोर्खा जित्ल्लाको धार्चेमा रहेको छ।