back
stc
prabhu insurance

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको असार ६ गते दोस्रो वार्षिक साधारण सभा आह्वान

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असार ६ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

साधारण सभाले कम्पनीका अध्यक्षको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोही अवधिका वित्तीय विवरण सहित अनुसूचीहरुउपर छलफल गरी पारित गर्नेछ।

साधारण सभाले चालु आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

साधारणमा भाग लिन शेयरधनीले आफ्ना परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र लिई आउन कम्पनीले आग्रह गरेको छ।