एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीको हात रित्तो पार्दै लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी सो स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

वि.सं.२०८२ फागुन १ १०:३३




















