back
stc
prabhu insurance

‘ग्लोबल मनि विक २०२६’ को अवसरमा प्रभु बैंकद्वारा प्रभातफेरी

काठमाडौँ। ‘ग्लोबल मनि विक–२०२६’ को उपलक्ष्यमा प्रभु बैंक लिमिटेडको कमलादी शाखाले बिहीबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

“स्मार्ट मनी टल्क्स” भन्ने मूल प्रभातफेरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कमलादीस्थित बैंकको कार्यालयबाट सुरु भएको -याली दरबारमार्ग र कमलपोखरी चोक हुँदै पुनः कमलादीमै पुगेर समापन भएको थियो। -यालीका सहभागीहरूले वित्तीय सन्देशमूलक प्ले–कार्ड र ब्यानरहरू प्रदर्शन गर्दै सर्वसाधारणलाई पैसाको सही व्यवस्थापन र बचतको महत्त्वबारे जानकारी गराएका थिए।

“विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रवाह गरिरहेको प्रभु बैंकले हाल नेपालभर ३१२ शाखा कार्यालय, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।