बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले चैत २० गते बिहान देखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य १८७ रुपैयाँ थियो ।
त्यसैगरी यी ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा नयाँ मूल्य १८२ रुपैयाँ कायम गरिएको छ ।

वि.सं.२०८२ चैत १९ ११:१९




















