back
prabhu insurance
himalayanlife

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ९ महिनामा ७५ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को चैत महिनासम्म बीमितलाई कुल ७५ करोड ३६ लाख ६५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।

सिटिजन लाइफमा जीवन बीमा गराएका विभिन्न बीमितहरूबाट प्राप्त दाबी निवेदन अनुसार कम्पनीले ९ महिनाको अवधिमा कुल ७५ करोड ३६ लाख ६५ हजार रुपैयाँ दाबी भुक्तानी बापत हस्तान्तरण गरेको हो। कम्पनीका अनुसार चैत महिनामा मात्रै १० करोड २३ लाख ८६ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ।

जीवन बीमा दाबी भुक्तानी बीमित वा बीमितका परिवारलाई प्रदान गरिने महत्वपूर्ण सेवा भएकाले समयमै भुक्तानी गर्नु कम्पनीको प्रमुख जिम्मेवारी मानिन्छ। सिटिजन लाइफले दाबी निवेदन परेपछि नियमित रूपमा सकेसम्म छिटो र सरल माध्यमबाट दाबी भुक्तानी गर्दै आएको जनाएको छ।