नबिल बैंकको नाफा ६ अर्ब ७६ करोड, अधिकांश सूचकमा उल्लेख्य सुधार
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा नाफा ३३.९१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ छ । बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ छ ।
बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ अर्ब ४० करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा ४.९६ प्रतिशत बाट घटेर ३.३७ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ३३.०२ रुपैयाँ रहेको छ भने प्रतिसेर नेटवर्थ २४३.३० रुपैयाँ छ ।
वि.सं.२०८३ वैशाख १५ ०७:५२



















