साल्ट ट्रेडिङ कर्पोरेशनले हुम्लामा नुन वितरण
हुम्ला । साल्ट ट्रेडिङ कर्पोरेशनले ताँजाकोट गाउँपालिकामा नुन बिक्री–वितरण गरेको छ । स्थानीय बासिन्दालाई घरदैलोमै गएर नुन बिक्री–वितरण गरेको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताउनुभयो ।
लामाका अनुसार चङ्खेली गाउँपालिकामा ४३१ क्विन्टल, सर्केगाड गाउँपालिकामा ४७० क्विन्टल, नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन बिक्रीवितरण गरिएको छ ।
जिल्लामा झण्डै छ महिनापछि नुन आपूर्ति भएपछि सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकास्थित साल्ट ट्रेडिङको शाखा कार्यालयबाट नुन बिक्री–वितरण गरिएको हो ।
तत्काल एक हजार ५०० क्विन्टल नुन आएपछि आर्थिक वर्ष २०८३/८४ का लागि ६ हजार १३० क्विन्टल माग गरिएको शाखा प्रमुख लामाले जानकारी दिनुभयो ।
वि.सं.२०८३ वैशाख १६ १७:४१




















