back
stc
prabhu insurance

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् ।

मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लि।मा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिरहेका थिए ।

मानन्धरको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।