साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
आज जेठ १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्नो ५९ औँ वार्षिक साधारण सभा आउँदो जेठ २९ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।
साधारण सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र निमायवली पनि साधारण सभाले स्वीकृत गर्नेछ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
साधारण सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
वि.सं.२०८३ जेठ १२ ०७:५१




















