back
stc
prabhu insurance

सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखे

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने कार्यालयले जनाएको छ ।