साल्ट ट्रेडिङ कर्पोरेसनको ५९ औँ वार्षिक साधारण सभा आज जेठ २९ गते
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको ५९ औँ वार्षिक साधारण सभा आज जेठ २९ गते शुक्रबार बस्ने भएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १० प्रतिशत लाभांश अनुमोदन गर्ने भएको छ।
जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०।५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ। साधारण सभाले त्यसलाई अनुमोदन गर्नेछ। यसैगरि साधारण सभाले सञ्चालकको नियुक्ति अनुमोदन, कम्पनीको प्रबन्धपत्र र निमायवली पनि स्वीकृत गर्ने भएको छ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्ने कर्पोरेसन स्रोतले बताएको छ।
साधारण सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
वि.सं.२०८३ जेठ २९ ०५:२९




















