बजारमा आज शुक्रबार सुन–चाँदीको भाउमा भारी वृद्धि
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन–चाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो।
यसँगै आज प्रतितोला सुन २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ६१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८३ असार १९ ११:०५




















