back
prabhu insurance
himalayanlife

बजारमा आज सुन–चाँदीको भाउमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो।

योसँगै आज प्रतितोला सुन २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।